Skip to content
Prabhu

आसाममा टाटाको सेमीकन्डक्टर प्लान्ट स्थापना गरिने, २७ हजार रोजगारीको अवसर

आसामको मोरिगाउँमा २७ हजार करोडको लगानीमा टाटा समूहले सेमीकन्डक्टर प्लान्टको स्थापना गर्ने भएको छ ।

सेमीकन्डक्टर उद्योग भविष्यको लागि आधारभूत आवश्यकता भएको र चिपहरू मानिसहरूले आफ्नो दैनिक जीवनमा गर्ने लगभग सबै कुराको हिस्सा हुन गइरहेको अवस्थामा टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरनले उक्त उद्योग स्थापनाको घोषणा गर्नुभएको हो ।

उहाँले उद्योग सन् केही समयमै अर्थात् सन् २०२५ मा सुविधा सम्पन्न भई सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो ।

“सेमिकन्डक्टर प्लान्ट भविष्यको लागि आधारभूत प्लान्ट हो । चिप्स हामीले हाम्रो दैनिक , औद्योगिक र उपभोक्ता जीवनमा गर्ने सबै कुराको हिस्सा हुन गइरहेको छ । यसले २७ हजार मानिसहरू १५ हजार प्रत्यक्ष रोजगारी र थप १२ हजार अप्रत्यक्ष रोजगारीहरू उत्पादन वा रोजगारी दिनछ,” अध्यक्ष चन्द्रशेखरनले थप्नुभयो ।

आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले यस प्लान्टमा ११ हजार देखि १३ हजार अप्रत्यक्ष रोजगारी सिजना गर्ने अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।

यसैबीच, केन्द्रीय सूचनाप्रबिधि मन्त्री अश्विनी वैष्णवले यो प्लान्ट धेरै ठूलो हुने र प्रति दिन करिब ४.८३ करोड चिप्स उत्पादन गर्ने बताउनुभयो ।

यस प्लान्टमा प्रयोग गरिने तीनवटै प्रमुख प्रविधिहरू भारतमा विकसित भएका प्लान्टमा उत्पादित चिपहरू विद्युतीय सवारीसाधनमा प्रयोग हुने र व्यावहारिक रूपमा हरेक ठूला कम्पनीले यी चिप्स प्रयोग गर्ने उहाँले उल्लेख गर्नुभयो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal