Skip to content
Prabhu

प्रतिकित्ता २१५४ रहेको नेपाल फाइनान्सको नाफा १ करोड ६७ लाख, दिने छैन लाभांश

काठमाडौं । सेयर बजारमा पछिल्लो समय अत्याधिक मूल्य बढेको नेपाल फाइनान्सले गतवर्ष १ करोड ६७ लाख नाफा गरेको छ ।

प्रतिकित्ता २१५४ रहेको नेपाल फाइनान्सको नाफा अघिल्लो वर्षको तुलनामा गतवर्षमा घटेको छ । अघिल्लो वर्ष नेपाल फाइनान्सको नाफा २ करोड थियो ।

७२ करोड ९९ लाख चुक्ता पुँजी रहेको नेपाल फाइनान्सको रिर्टेन अर्निङ २० करोडले ऋणात्मक रहेको छ । यसले फाइनान्सले अझै केही समय लाभांश दिन कठिन पर्ने देखिएको छ । कम सेयर आपूर्तिको कारण यसको मूल्य केही ठूला लगानीकर्ताले बढाउन सफल भएका हुन् ।

प्रतिसेयर आम्दानी २.४८ रुपैयाँ रहेको छ । पिई अनुपात ३६०.१५ रहेको नेपाल फाइनान्सको प्रतिसेयर नेटवर्थ १३७ रहेको छ ।

फाइनान्सले असार मसान्तसम्म २ अर्ब ५५ करोड निक्षेप संकलन गरेर २ अर्ब १ करोड कर्जा दिएको छ । गतवर्षसम्म फाइनान्सको निक्षेप १ अर्ब ८० करोड तथा कर्जा १ अर्ब ३० करोड रहेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal