Skip to content
Prabhu

आज सेयर बजार नखुल्ने

काठमाडौं । आज (आइतबार) सेयर बजार बन्द रहेने भएको छ । सरकारले आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।

सार्वजनिक बिदाका दिन सेयर बजार बन्द हुन्छ । आज मच्छिन्द्रनाथ भोटो देखाउने जात्रा परेकाले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मच्छिन्द्रनाथ भोटो देखाउने दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ । आज गृहमन्त्रालयले सूचना जारी गरेर आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal