Skip to content
Prabhu

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा साढे ४ प्रतिशतले घट्यो

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा साढे ४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिकको अपष्किृत वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा ४.५१ प्रतिशतले घटेको हो ।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षमा ३ अर्ब ३० करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा पनि गिरवाट आएको छ । बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशतले घटेको छ । बैंकको गत आर्थिक वर्ष ५ अर्ब १५ करोड ४४ लाख ९४ रुपैयाँ खुद ब्याज आम्दानी रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ५ अर्ब ९५ करोड ६० लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको थियो ।

यता खुद फि तथा कमिशन आम्दानी १०.२७ प्रतिशत बढेर १ अर्ब ४१ करोड ५७ लाख ८४ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ७.५३ प्रतिशतले घटेर ७ अर्ब २५ करोड २१ लाख ७८ हजार रुपैयाँ र सञ्चालन मुनाफा ४.५३ प्रतिशतले घटेर ४ अर्ब ७४ करोड ६५ लाख ६ हजारमा सीमित भएको छ ।

विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा १ रुपैयाँ ६६ पैसा घटेर ३५ रुपैयाँ ९ पैसामा सीमित भएको छ ।

९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५० पैसा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal