Skip to content
Prabhu

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिन (शुक्रबार) रेकर्ड कायम गरेको सुन आइतबार तोलामा २ सय रुपैयाँले घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको मूल्य तोलामा १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।

आइतबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य तोलामा १ हजार ७सय ९५ रुपैयाँ रहेको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस २ हजार ४४१.९५ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २८.५६ डलरमा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal