Skip to content
Prabhu

१ महिनामा सबै निर्जीवन बीमा कम्पनीको सेयर मूल्य बढ्यो, पुँजी पुग्न बाँकीको सेयर मूल्यमा उच्च वृद्धि

nabil

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा सेयर बजारमा ३५ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ । समग्र नेप्सेमा वृद्धि हुँदा एक महिनाको अवधिमा निर्जीवन बीमा समूहको परिसूचक भने समग्र परिसूचकभन्दा कम मात्रै बढेको छ । एक महिनामा समग्र परिसूचक ३५.३७ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा २९.९४ प्रतिशतको वृद्धि भएको हो ।

नेप्सेमा सूचीकृत भएका १२ वटा निर्जीव बीमा कम्पनीमध्ये अहिले पनि ७ वटाको चुक्ता पुँजी पुग्न सकेको छैन । नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन नसकेका कम्पनीको सेयर मूल्यमा भने उच्च वृद्धि भएको छ ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार युनाइटेड अजोड, नेको इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले अझै चुक्ता पुँजी पुर्याउन सकेका छैनन् । प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई सढे २ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ ।

पछिल्लो एक महिनाको अवधिमा चुक्ता पुँजी पुर्याउन नसकेको युनाइटेड अजोडको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । कम्पनीको सेयर मूल्यमा ४३.९८ प्रतिशतले वृद्धि भएको छ । असार १७ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४८ रुपैयाँ रहेको थियो ।

एक महिनाको अवधिमा साउन १७ गते यो कम्पनीको सेयर मूल्य ७ सय ८९ रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीको सयर मूल्य प्रतिकित्ता २४१ रुपैयाँले बढेको छ । यो कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । प्राधिकरणले तोकेको पुँजी पुर्याउनका लागि ४० करोड अपुग छ ।

त्यस्तै चुक्ता पुँजी वृद्धि गर्नु पर्ने अर्को कम्पनी हो नेको इन्स्योरेन्स । सेयर बजमार भने यो कम्पनीको सेयर मूल्य पनि उल्लेख्य बढेको छ । एक महिनाको अवधिमा कम्पनीको सेयर मूल्य २०.०१ प्रतिशतले बढेको छ । असार १७ गते ७८३ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य बिहीबार (साउन १७ गते) ९४८ रुपैयाँमा कारोबार बन्द भएको छ । एक महिनामा १६५ रुपैयाँले बढेको छ ।

यता सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्य पनि पछिल्लो एक महिनामा ३९.१४ प्रतिशतले बढेको छ । असार १७ गते ५१६ रुपैयाँ रहेको यो कम्पनीको सेयर मूल्य साउन १७ गते २०२ रुपैयाँले बढेर ७१८ रुपैयाँ पुगेको छ । यो कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ मात्रै रहेको छ ।

यो कम्पनीकाले प्राधिकरणले तोकेको पुँजी कायम गर्नका लागि ५० करोड रुपैयाँ पुँजी सिर्जना गर्नु पर्ने हुन्छ । त्यस्तै एक महिनाको अवधिमा नेपाल इन्स्योरेन्स सेयर मूल्यमा २३८ रुपैयाँ ८ पैसाले बढेको छ । असार १७ गते ८११ रुपैयाँ २ पैसा रहेको कम्पनीको सेयर मूल्य साउन १७ गते १ हजार ५० रुपैयाँ पुगेको छ ।

यो एक महिनामा कम्पनीको सेयर मूल्य २९.४३ प्रतिशतले बढेको छ । यो कम्पनीले प्राधिकरणले तोकेको चुक्ता पुँजी पु¥याउनका लागि ८६ करोड पुँजी सिर्जना गर्नुपर्ने हुन्छ । यो कम्पनीको अहिलेको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

१ महिनाको अवधिमा एनएलजी इन्स्योरेन्सको सेयर मूल्यमा २२९ रुपैयाँले वृद्धि भएको छ । असार १७ गते ७४१ रुपैयाँ प्रतिकित्ता सेयर मूल्य रहेको थियो । साउन १७ गतेको कारोबार बन्द हुँदा प्रत्तिकित्ता सेयर मूल्य ९७० रुपैयाँ पुगेको छ । जुन  ३०.९० प्रतिशतले धेरै हो । यो कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

यता प्रभु इन्स्योरेन्सले पनि प्राधिकरणले तोकेको पुँजी पुर्याउन सकेको छैन । यो कम्पनीले अझै १ अर्ब १३ करोड रुपैयाँ पुँजी सिर्जना गर्नुपर्ने हुन्छ । तर, दोस्रो बजारमा यो कम्पनीको सेयर मूल्य भने ३३.४२ प्रतिशतले बढेको छ । असार १७ गते ७५७ रुपैयाँ प्रत्तिकित्ता रहेको सेयर मूल्य साउन १७ गते १ हजार १० रुपैयाँ पुगेको छ ।

त्यस्तै सरकारी स्वामित्वको कम्पनी राष्ट्रिय बीमा कम्पनीले पनि प्राधिरकणले तोकेको चुक्ता पुँजी पु¥याउन सकेको छैन । कम्पनीको चुक्ता पुँजी जम्मा २६ करोड ६६ लाख रुपैयाँ मात्रै रहेको छ । चुक्ता पुँजी कम भए पनि दोस्रो बजारमा कम्पनीको सेयर मूल्य एक महिनाको अवधिमा ३१.६२ प्रतिशतले बढेको छ ।

असार १७ गते १३ हजार रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य साउन १७ गते १७ हजार १११ रुपैयाँ १० पैसा पुगेको छ । यो एक महिनाको अवधिमा बीमा कम्पनीको सेयर मूल्य ४ हजार १११ रुपैयाँ १० पैसाले बढेको छ ।

बिहीबारसम्मको कारोबारमा निर्जीवन बीमा कम्पनीहरु सबैको सेयर मूल्य ६०० रुपैयाँ भन्दा माथि नै रहेको छ । १२ वटा कम्पनीमध्ये दुई वटाको सेयर मूल्य १ हजार रुपैयाँभन्दा माथि रहेको छ । पछिल्लो एक महिनामा सबै जसो निर्जीवन बीमा कम्पनीको सेयर मूल्य बढेको छ ।

त्यस्तै प्राधिकरणले तोकेको चुक्ता पुँजी पु¥याएका कम्पनीको सेयर मूल्य पनि एक महिनाको अवधिमा बढेको छ । एक महिनाको अवधिमा हिमालयन एभरेष्टको सेयर मूल्यमा १५९ रुपैयाँ (२७.१३ प्रतिशत) ले वृद्धि भएको छ । असार १७ गते ५८६ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य साउन १७ गते ७४५ रुपैयाँ पुगेको छ ।

त्यस्तै एक महिनाको अवधिमा आईजीआई प्रुडेन्सियलको सेयर मूल्य १५४ रुपैयाँ ५० पैसाले बढेको छ । यो एक महिनाको अवधिमा कम्पनीको सेयर मूल्य ३०.११ प्रतिशतले बढेको हो । असार १७ गते ५१३ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य साउन १७ गते ६६७ रुपैयाँ ५० पैसा पुगेको छ ।

त्यस्तै एक महिनाको अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयर मूल्य १५५ रुपैयाँ (२२.६६ प्रतिशत) ले बढेको छ । असार १७ गते ६८४ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य ८३९ रुपैयाँ पुगेको छ । त्यस्तै शिखर इन्स्योरेन्सको सेयर मूल्य पनि एक महिनाको अवधिमा २१४ रुपैयाँ ६ पैसाले वृद्धि भएको छ ।

असार १७ गते ६७५ रुपैयाँ ४ पैसा रहेको कम्पनीको सेयर मूल्य साउन १७ गते ८९० रुपैयाँ पुगेको छ। जुन ३१.७७ प्रतिशतले बढी हो । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य २०४ रुपैयाँले बढेर ९८० रुपैयाँ पुगेको छ । असार १७ मा ७७६ रुपैयाँ प्रत्तिकिता सेयर मूल्य रहेको सिद्धार्थको साउन १७ गते ९८० पुगेको छ । जुन एक महिनाको २६.२८ प्रतिशतले वृद्धि भएको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal