Skip to content
Prabhu

आइएमई लाइफको सीईओमा पुनः कबि फुयाल नियुक्त

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः कबि फुयाललाई नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले सीईओमा कबि फुयाललाई आगामी चार वर्षको लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनी सञ्चालक समितिले गरेको निर्णयलाई अन्तिम स्वीकृतिका लागि नियमनकारी निकाय बीमा प्राधिकरण पठाएको छ । कम्पनीको सीईओमा फुयाललाई पुनः नियुक्त गर्ने निर्णय प्राधिकरणबाट स्वीकृत भएपश्चात उनी आगामी ४ वर्षको लागि आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत बन्नेछन् ।

फुयाल २०७७ साल भदौं ७ गते कम्पनीको सीईओ नियुक्त भएका थिए । सीईओ नियुक्त गर्नु अघि बीमा प्राधिकरणबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal