Skip to content
Prabhu

६९ प्रतिशतले घट्यो एनआईसी एशिया बैंकको नाफा, सेयरधनीले लाभांशको लागि अर्को वर्ष कुर्नुपर्ने

nabil

काठमाडौं । एनआईसी एशिया बैंकको नाफा ६९ प्रतिशतले घटेको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार १ अर्ब ३८ करोड गरेको छ । जबकी अघिल्लो वर्षमा एनआईसी एशिया बैंकको नाफा ४ अर्ब ४४ करोड थियो ।

बैंकको गत आर्थिक वर्षमा प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशतभन्दा तल झरेको हुँदा लाभांशको लागि सेयरधनीले अर्को वर्ष कुर्नुपर्ने छ ।

बैंकको आम्दानीमा मुख्य मानिएको ब्याज आम्दानी लगायत अन्य कमिसन लगायतका आम्दानी गतवर्ष घटेको छ । ०.८८ प्रतिशत रहेको खराब कर्जा अनुपात गतवर्षसम्म ३.४१ प्रतिशतमा पुगेको छ ।

११.१६ प्रतिशत पुँजीकोष अनुपात रहेको बैंकले असार मसान्तसम्म ३ खर्ब ५४ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ७२ अर्ब कर्जा दिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal