Skip to content
Prabhu

४० प्रतिशतले बढ्यो नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा, खराब कर्जा गतवर्षको भन्दा कम

nabil

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गतवर्ष करिब ४० प्रतिशतले नाफा बढाउन सफल भएको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसा बैंकले गत आर्थिक वर्षमा ५ अर्ब १९ करोड नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा ३ अर्ब ७२ करोड थियो ।

बैंकले ४० प्रतिशतले नाफा बढाएपनि सेयरधनीले लाभांशको लागि भने अर्को वर्ष नै कुनुपर्ने हुन्छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले साधारणसभा नै २ वर्ष लाभांशको लागि कुर्नुपर्ने बताएका थिए । बैंकले नाफबाट सेयरधनीलाई वितरण गर्न मिल्ने मुनाफा ३ अर्ब ४३ करोडले ऋणात्मक रहेको छ ।

गतवर्ष बैंकलाई थपिएको कर दायित्व लगायतले गर्दा रिर्टेन अर्निङ ऋणात्मक छ ।

१३.६७ प्रतिशत खराब कर्जा अनुपात रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले असार मसान्तसम्म निक्षेप ४ खर्ब ३ अर्ब रहेको छ कर्जा कर्जा ३ खर्ब ७ अर्ब रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal