काठमाडौं । एनएमबि बैंकको नाफा करिब २८ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार एनएमबि बैंकले २ अर्ब ३३ करोड नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा ३ अर्ब २२ करोड रहेको थियो ।
बैंकको खराब कर्जा अघिल्लो वर्षको तुलनामा बढेको छ । अघिल्लो वर्ष २.७५ प्रतिशत रहेको खराब कर्जा अनुपात यो वर्ष बढेर २७ प्रतिशत पुगेको छ ।
१२.८२ प्रतिशत रहेको पुँजीकोष अनुपात बैंकको छ । अघिल्लो वर्ष समेत सेयरधनीलाई लाभांश वितरण गर्न नसकेको एनएमबि बैंकले यो वर्षपनि सेयरधनीलाई लाभांश दिने छैन । बैंकको गतवर्षको नाफाबाट लाभांश क्षमता १.३० प्रतिशत छ । यद्यपी पूर्ण लेखापरिक्षण हुने बेला तथ्यांक भने फरक पर्न सक्छ ।
एनएमबि बैंकले असार मसान्तसम्म २ खर्ब २३ अर्ब निक्षेप संकलन गरेर १ अर्ब ९४ अर्ब कर्जा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्