काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ ।
अघिल्लो वर्षको तुलनामा नाफा अत्याधिक बढी हो । अघिल्लो वर्ष बैंकले लेखापरिक्षणपछि जम्माम २८ करोड नाफा गरेको थियो । यद्यपी लेखा पररीक्षण अगाडि भने २ अर्ब २५ करोड नाफा देखिएको थियो ।
बैंकले गत आर्थिक वर्षमा ब्याज आम्दानी,ट्रेडिङ आम्दानी बढाएको छ । १३.५५ प्रतिशत पुँजीकोष अनुपात रहेको प्रभु बैंकले अघिल्लो वर्षको तुलनामा खराब कर्जा अनुपातमा केही सुधार गरेको छ । अघिल्लो वर्ष ४.९८ प्रतिशत रहेको खराब कर्जा अनुपात यो वर्ष सुधार भएर ४.७८ प्रतिशतमा झरेको छ । २३ अर्ब ५४ करोड चुक्ता पुँजी रहेको प्रभु बैंकले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा १ अर्ब २२ करोड आर्जन गरेको छ । यसबाट सेयरधनीले पाउने लाभांश भनेको ५.२० प्रतिशत हो । यद्यपी लेखापरिक्षण हुने बेला यो तथ्यांक फरक पर्छ ।
असार मसान्तसम्म बैंकले ३ खर्ब ५ अर्ब निक्षेप संकलन गरेर २ खर्ब २५ अर्ब ऋण दिएको छ । गतवर्ष असार मसान्तमा बैंकले २ खर्ब ८९ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ३४ अर्ब ऋण दिएको थियो । बैंकले गतवर्ष ऋण घटाएको छ ।
प्रतिक्रिया दिनुहोस्