Skip to content
Prabhu

२३ प्रतिशतले घट्यो माछापुच्छ्रे बैंकको नाफा

काठमाडौं । माछापुच्छ्रे बैंकको नाफामा २३ प्रतिशत भन्दा बढीले घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २३.०९ प्रतिशतले नाफा घटेको हो ।

बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र गैर सञ्चालन आम्दानी घटेका कारण बैंकको खुद नाफा सामान्य घट्न पुगेको हो । समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी ६.७६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४.९३ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ७.११ प्रतिशत र सञ्चालन मुनाफा १७.९७ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.८६ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ । यद्यपि बैंकको इम्पेरमेन्ट चार्ज घटेर १ अर्ब ७ करोडमा सीमित भएको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ९ पैसा घटेर १० रुपैयाँ ७६ पैसामा झरेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १८.५९ गुणा रहेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४६ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

११ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ६७ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २.४४ प्रतिशत बढेको छ भने कर्जा ०.७७ प्रतिशत मात्र बढेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal