Skip to content
Prabhu

मुक्तिनाथ विकास बैंकको खुद नाफामा २.४८ प्रतिशतको सुधार, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकको नाफा गत आर्थिक वर्षमा सामान्य बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २.४८ प्रतिशतले नाफा बढेको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य बढेको र इम्पेरमेन्ट चार्ज सामान्य घटेका कारण बैंकको खुद नाफा सामान्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.९२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.०८ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.८७ प्रतिशत र सञ्चालन मुनाफा १.५० प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.९८ प्रतिशतबाट बढेर २.२६ प्रतिशत पुगेको छ । यद्यपि बैंकको इम्पेरमेन्ट चार्ज सामान्य बढेर ६४ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ २९ पैसा घटेर १८ रुपैयाँ १५ पैसामा झरेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात २०.२२ गुणा रहेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३३ करोड १८ लाख रुपैयाँ रहेको छ ।

७ अर्ब ४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ५० करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ५.७५ प्रतिशत घटेको छ भने कर्जा २.७१ प्रतिशत घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal