Skip to content
Prabhu

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको पुग्यो १ लाख ५० हजार

काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ३ रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

अघिल्लो दिन २ सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा १ लाख ५० हाजर रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य नेपाली बजारमा हालसम्म कै उच्च हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य अघिल्लो दिनकै १ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ४५४.१९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २८.६१ डलरमा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal