Skip to content
Prabhu

धादिङको गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्यो, ७ यात्रु घाइते

काठमाडौं । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।

धादिङबाट काठमाडौं आउँदै गरेको बागमती १–००६च ६२१२ नम्बरको इभी गाडीमाथि गजुरी गाउँपालिका–५ पोखरेखोलाको जरेपुलनजिक रूख ढलेर बजारिएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रुहरु घाइते भएका छन् । उनीहरुको परिचय खुलिसकेको छैन । माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal