Skip to content
Prabhu

राष्ट्रिय स्तरका आठ विकास बैंकको नाफा साढे ५ अर्ब बढी, मुक्तिनाथ अग्रस्थानमा

काठमाडौं । गत आर्थिक वर्षमा विकास बैंकहरुले साढे ५ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार राष्ट्रिय स्तरका ८ विकास बैंकले ५ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

गत आर्थिक वर्षमा विकास बैंकले कमाएको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९.३९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकको नाफा ५ अर्ब ७ करोड ९७ लाख रुपैयाँ रहेको थियो । विवरणअनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै नाफा कमाउने विकास बैंकमा मुत्तिनाथ विकास बैंक अग्रस्थानमा रहेको छ ।

यो बैंकले गत आवमा १ अर्ब २७ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा २.४८ प्रतिशत हो । अघिल्लो आवमा बैंकले १ अर्ब २४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकहरुको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै नाफा कमाउने विकास बैंकको दोस्रो नम्बरमा गरिमा विकास बैंक रहेको छ । गरिमा विकास बैंकले गत आवमा १ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १०.१६ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकले १ अर्ब २६ करोड बढी नाफा कमाएको थियो ।

त्यस्तै गत आवको विवरण अनुसार शाइन रेसुङ्गा डभेलपमेन्ट बैंकको नाफा ७.९९ प्रतिशतले घटेको छ। बैंकले गत आवमा ६९ करोड ७४ लाख रुपैयाँ नाफा कमाउको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ७५ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा लुम्बिनी विकास बैंकको नाफा २१.३२ प्रतिशतले बढेको छ । बैंकले गत आवमा ६० करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३९ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत आर्थिक वर्षमा कामना सेवा विकास बैंकको नाफा पनि ६६.९३ प्रतिशतले बढेको छ । बैंकले गत आवमा ६० करोड ३२ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । अघिल्लो आवमा बैंकको नाफा ३६ करोड १३ लाख रुपैयाँ रहेको थियो । गत आवमा महालक्ष्मी विकास बैंकको नाफा २४.५२ प्रतिशतले बढेर ४७ करोड १ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ३७ करोड ७५ लाख रुपैयाँ रहेको थियो । गत आवमा ज्योति विकास बैंकको नाफा १८.३३ प्रतिशतले घटेर २४ करोड ६५ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा यो विकास बैंकको नाफा ३० करोड १८ लाख रुपैयाँ रहेको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal