Skip to content
Prabhu

२० वाणिज्य बैंकः कुनको प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसअनुसार अधिकांश बैंकहरुको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा २० वाणिज्य बैंकमध्ये १५ वटाको प्रतिसेयर आम्दानी घटेको छ भने पाँच वटाको मात्र बढेको छ । समग्र रूपमा हेर्ने हो भने बैंकहरुको यस्तो आम्दानीमा गिरावट आएको देखिन्छ । सार्वजनिक विवरण अनुसार प्रतिसेयर आम्दानीमा स्ट्याण्डर्ड बैंक अग्रस्थानमा रहेको छ ।

यस अवधिमा बैंंकको यस्तो आम्दानी ३५ रुपैयाँ ९ पैसा रहेको छ । यो अघिल्लो आवको तुलनामा २ रुपैयाँ ३० पैसाले कम हो । त्यस्तै एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४५ पैसा रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ३१ रुपैयाँ ७२ पैसा रहेको थियो । यो ०.२७ पैसाले कम हो ।

त्यस्तै, यो अवधिमा ग्लोबल आइएमई बैंकको प्रतिसेयर आम्दानी बढेको छ । अघिल्लो आवमा २० रुपैयाँ ७७ पैसा रहेको यस्तो आम्दानी बढेर २६ रुपैयाँ ०९ पैसा पुगेको छ । यो बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३२ पैसाले बढेको छ । त्यस्तै यस अवधिमा नबिल बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७३ पैसाले घटेको छ । अघिल्लो आवमा २७ रुपैयाँ ८२ पैसा रहेको यस्तो आम्दानी गत आवमा २६ रुपैयाँ ०९ पैसामा झरेको छ ।

त्यस्तै कृषि विकास बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ १३ पैसाले बढेको छ । अघिल्लो आवमा २० रुपैयाँ ६२ पैसा रहेको यस्तो आम्दानी गत आवमा २४ रुपैयाँ ७५ पैसा पुगेको छ । त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको यस्तो आम्दानी १२ रुपैयाँ २३ पैसाले ऋणात्मक रहेको छ । अघिल्लो आवमा ३३ रुपैयाँ ९६ पैसा रहेको यस्तो आम्दानी गत आवमा २१ रुपैयाँ ७३ पैसामा झरेको छ ।

त्यस्तै गत आवमा सिद्धार्थ बैंकको यस्तो आम्दानी २१ रुपैयाँ ४० पैसा रहेको छ । जुन अघिल्लो आवको भन्दा १ रुपैयाँ २४ पैसाले कम हो । अघिल्लो आर्थिक वर्षका यो बैंकको यस्तो आम्दानी २२ रुपैयाँ ६४ पैसा रहेको थियो । त्यस्तै प्राइम कमर्सियल बैंकको प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ ७९ पैसाले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ११ रुपैयाँ ६६ पैसा रहेको यस्तो आम्दानी गत आवमा १९ रुपैयाँ ४५ पैसा पुगेको छ ।

त्यस्तै गत आवमा नेपाल एसबिआई बैंकको प्रतिसेयर आम्दानीमा २ रुपैयाँ ९७ पैसाले कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा २२ रुपैयाँ १५ पैसा रहेको यस्तो आम्दानी गत आवमा १९ रुपैयाँ १८ पैसा मात्रै रहेको छ । त्यस्तै गत आवमा प्रभु बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ०३ पैसा रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ७ रुपैयाँ ३० पैसाले बढी हो । अघिल्लो आवमा यो बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ रहेको थियो ।

गत आवमा सानिमा बैंकको प्रतिसेयर आम्दानी पनि ऋणात्मक रहेको छ । यो कम्पनीको त्यस्तो आम्दानी ३ रुपैयाँ ४८ पैसाले घटेको छ । अघिल्लो वर्ष २१ रुपैयाँ ०२ पैसा रहेको बैंकको यस्तो आम्दानी गत आवमा १७ रुपैयाँ ५४ पैसा रहेको छ । नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको प्रतिसेयर आम्दानी ०.८४ रुपैयाँले घटेको छ ।

अघिल्लो आवमा १६ रुपैयाँ ०७ पैसा रहेको बैंकको यस्तो आम्दानी गत आवमा १५ रुपैयाँ २३ पैसा रहेको छ । यो अवधिमा हिमालयन बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १० पैसा रहेको छ । जुन अघिल्लो आवको भन्दा ६ रुपैयाँ ०९ पैसाले कम हो । अघिल्लो आवमा यो बैंकको यस्तो आम्दानी १९ रुपैयाँ १९ पैसा रहेको थियो । यता लक्ष्मी सनराइन बैंकको यस्तो आम्दानीमा ६ रुपैयाँ ३५ पैसाले कमी आएको छ । अघिल्लो आवमा १९ रुपैयाँ ४४ पैसा रहेको यस्तो आम्दानी गत आवमा घटेर १३ रुपैयाँ ९ पैसा कायम भएको छ ।

त्यस्तै यो अवधिमा एनएमबी बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७२ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षमा यो बैंकको यस्तो नाफा १८ रुपैयाँ ५७ पैसा रहेको थियो । गत आवमा नेपाल बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । यो बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २८ पैसा रहेको छ । जुन अघिल्लो वर्षको भन्दा ११ रुपैयाँ ९४ पैसा कम हो । अघिल्लो वर्ष यो बैंकको यस्तो आम्दानी २३ रुपैयाँ २२ पैसा रहेको थियो ।

गत आवमा माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । यो बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ १९ पैसाले घटेर १० रुपैयाँ ७६ पैसा पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १८ रुपैयाँ ०५ पैसा रहेको थियो । सिटीजन्स बैंकको प्रतिसेयर आम्दानीमा पनि ६.१४ रुपैयाँले घटेको छ । अघिल्लो आवमा १५ रुपैयाँ ५९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत आवमा ९ रुपैयाँ ४५ पैसामा झरेको छ ।

यस्तो आम्दानी एनआइसी एसिया बैंकको ९ रुपैयाँ २६ पैसा रहेको छ । जुन अघिल्लो आवभन्दा ३० रुपैयाँ ९६ पैसाले कम हो । अघिल्लो आवमा यस्तो आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको थियो । कुमारी बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८० पैसा रहेको छ । जुन अघिल्लो आवको भन्दा १ रुपैयाँ ३४ पैसाले बढी हो । अघिल्लो आवमा यो बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ४६ पैसा रहेको थियो । रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal