Skip to content
Prabhu

राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ३९ करोड

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा ५.४८ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको गत आवको वित्तीय विवरणअनुसार नाफामा गिरावट आएको हो ।

बैंकले गत आवमा ३ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा बैंकले ३ अर्ब ५९ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी १३.३९ प्रतिशतले घटेर १० अर्ब २३ करोड ४० लाख रुपैयाँमा झरेको छ ।

अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ११ अर्ब ८१ करोड ६२ लाख रुपैयाँ थियो । अघिल्लो वर्ष २ अर्ब ६० करोड ८६ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज घटेर गत वर्ष ७ करोड ४९ लाख रुपैयाँ ऋणात्मक भएको छ ।

यससँगै बैंकको सञ्चालन नाफा ४.९४ प्रतिशतले बढेर ५ अर्ब २० करोड ७४ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष ४ अर्ब ९६ करोड २२ लाख रुपैयाँमात्रै थियो ।

गत वर्ष बैंकको खुद सञ्चालन आम्दानी ११.१८ प्रतिशतले बढेर ११ अर्ब ८५ करोड १४ लाख रुपैयाँ पगुेको छ जुन अघिल्लो वर्ष १० अर्ब ६५ करोड ९७ लाख रुपैयाँ थियो । गत वर्ष बैंकको वितरणयोग्य नाफा ३६.६१ प्रतिशतले घटेर ५८ करोड २१ लाख रुपैयाँमा सीमित भएको छ जुन अघिल्लो वर्ष ९१ करोड ८४ लाख रुपैयाँ थियो ।

गत वर्ष बैंकको ईपीएस २४ रुपैयाँ २२ पैसाबाट घटेर २१ रुपैयाँ ७३ पैसामा झरेको छ भने खराब कर्जा ३.७७ प्रतिशतबाट घटेर ३.६५ प्रतिशत कायम भएको छ । यस अवधिमा बैंकको आधारदर ६.७१ प्रतिशत रहेको छ ।

चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ रहेको यस बैंकको रिटेन्ड अर्निङमा ५८ करोड २१ लाख रुपैयाँ रहेको छ । गत वर्ष रिजर्भको आकार ७.६० प्रतिशतले बढेर ३६ अर्ब ७८ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal