Skip to content
Prabhu

६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । सोमबारको कारोबार जारी रहँदा ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आइतबार कारोबार नभएको सेयर बजारमा सोमबार दिउँसो २ बजेसम्मको अवस्थामा ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

आजको कारोबार जारी रहँदा रुरु जलविद्युत परियोजना, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, कुथेली बुखारी साना जलविद्युत आयोजना, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, भिजन लुम्बिनी ऊर्जा र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

सोमबारको कारोबार जारी रहदाँ रुरु जलविद्युत परियोजनाको सेयर मूलय ७५ रुपैयाँ ७० पैसाले बढेर ८३२ रुपैयाँ ७० पैसा पुगेको छ । त्यस्तै सीइडीबी हाइड्रोपावरको सेयर मूल्इ १७७ रुपैयाँ १० पैसाले बढेर १ हजार ९४८ रुपैयाँ १० पैसा पुगेको छ ।

त्यस्तै कुथेली बुखारी साना जलविद्युतको १८६ रुपैयाँ ३० पैसाले बढेर२ हजार ४९ रुपैयाँ ७० पैसा, भगवति हाइड्रोपावरको सेयर मूल्य ९६ रुपैयाँ ८० पैसाले बढेर १ हजार ६४ रुपैयाँ ८० पैसा, भिजन लुम्बिनी उर्जाको ६१ रुपैयाँ ९० पैसाले बढेर ६८० रुपैयाँ ९० पैसा र मुक्तिनाथा कृषि कम्पनीको १६२ रुपैयाँले बढेर १ हजार ७८३ रुपैयाँ पुगेको छ ।

यो समाचार तयारपार्दासम्म समग्र सेयर बजार परिसूचक भने ३३ दशमलव ३६ अंकले बढेको छ । यो अघिल्लो कारोबारको भन्दा १.२१ प्रतिशतले बढी हो । यो अवस्थामा सेयर बजारमा १६ अर्ब ६१ करोड बढीको कारोबार भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal