Skip to content
Prabhu

सोमबार सेयर बजारमा हरियाली, कारोबार रकम २१ अर्ब ८६ करोड

काठमाडौं । सोमबार सेयर बजारमा हरियाली छाएको छ । अघिल्लो कारोबार दिन सामान्य करेक्सन भएको बजार सोमबार ४० दशमलव ७६ अंकले बढेको हो ।

सोमबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७९६ दशमलव ३८ विन्दुमा पुगेको छ । आज सेयर बजार अघिल्लो कारोबार भन्दा १.४७ प्रशितले बढेको हो । सेयर बजारमा कारोबार भएका कम्पनी मध्ये १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको घटेको छ । १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो कारोबार दिन २१ अर्ब ७१ करोडको कारोबार भएको बजारमा आज २१ अर्ब ८६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३२६ कम्पनीका ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता सेयर २ लाख ३८ हजार ७८ पटक खरिद बिक्री हुँदा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २७७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से परिसूचक बढेको दिन ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेकस भने घटेको छ । आज यो इन्डेक्स ० दशमलव ९७ अंकले घटेर ४९१ दशमलव ७८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal