Skip to content
Prabhu

नेपाल फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट, धेरै मूल्य घट्ने यी हुन शीर्ष ५ कम्पनी

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकले सुधार भएको छ । आजको कारोबार बन्द हुन्दा सेयर बजार परिसूचक ४० अंकले बढेको हो ।

आज सेयर बजारमा ७८ कम्पनीको सेयर मूल्य घटेको छ । आजको कारोबार बन्द हुँदा सबैभन्दा धेरै सेयर मूल्य नेपाल फाइनान्सको घटेको छ । यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यो स्टकको मूल्य १० प्रतिशतले घटेको छ ।

आजको कारोबार बन्द हुँदा नेपाल फाइनान्स सँगै हिमालयन लघुवित्त वित्तीय संस्था, गुह्यश्वरी मेर्चेन्ट बैंक तथा फाइनान्स लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडका सेयरधनीले सबैभन्दा धेरै गुमाए । सोमबारको कारोबार बन्द हुँदा नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य २१५ रुपैयाँ ४० पैसाले घटेर १ हजार ९३८ रुपैयाँ ६० पैसामा कारोबार बन्द भएको छ । त्यस्तै हिमालयन लघुवित्तको सेयर मूल्य पनि ७.६२ प्रतिशत अर्थात् ९५ रुपैयाँ ५० पैसाले घटेर १ हजार १५७ रुपैयाँ ५० पैसा पुगेको छ । गुह्यश्वरी सेयर मूल्य ६.२६ प्रतिशत अर्थात् ४१ रुपैयाँ घटेर ६१४ रुपैयाँ पुगेको छ ।

आजको कारोबार बन्द हुँदा श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्य ६.२५ प्रतिशत अर्थात् ४२ रुपैयाँ ९० पैसाले घटेर ६४३ रुपैयाँ १० पैसा र समृद्धि फाइनान्सको सेयर मूल्य ६.१२ प्रतिशत अर्थात् ४१ रुपैयाँले घटेर ६२९ रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal