Skip to content
Prabhu

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको राजीनामा, देश छाडिन

एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । राजीनामा दिएपछि उनले देश पनि छाडेकी छन् । देश छाड्ने समयमा उनकी बहिनी शेख रेहाना पनि सँगै थिइन् । शेख हसिना भारतको शहर अगरतलातर्फ हेलिकप्टरमार्फत प्रस्थान गरेको समाचारहरुमा जनाइएको छ ।
उनको राजीनामापछि बांग्लादेशको राजधानी ढाकामा हजारौं प्रदर्शनकारी प्रधानमन्त्री शेख हसीनाको आधिकारिक निवासमा घेरा  हालेका छन् । बांग्लादेशमा आरक्षणलाई लिएर भइरहेको आन्दोलन सोमबार झनै व्यापक भएको छ ।
विद्यार्थी नेताहरुले गरेको ‘ढाकासम्मको लामो मार्च’को आह्वानमा हजारौं मानिसहरु ढाकामतर्फ जाँदैछन् । हजारौं मानिसहरू  ढाकाको शाहबागतर्फ पैदल र रिक्शाबाट मार्च गरिरहेको जनाइएको छ । मार्चमा धेरै संख्यामा महिलाहरु पनि सहभागी छन् ।
सडकमा सेना तैनाथ छ तर उनीहरु मार्च गर्नेहरुलाई रोकिरहेको छैनन् र दिउँसोपछि सडकमा प्रहरीको उपस्थिति धेरै कम देखिएको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal