काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गंगाधर पाण्डेले दिएको राजीनामा स्वीकृत भएको छ । पाण्डेले दिएको राजीनामा संस्थाको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले राजीनामा स्वीकृत गरेको हो ।
सीईओ पाण्डेले दिएको राजीनामा कात्तिक १ गतेदेखि लागू हुने गरी स्वीकृत भएको कम्पनी सचिव सरोजकुमार सिंहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्