Skip to content
Prabhu

राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर गोपाल काफ्लेको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर गोपाल काफ्लेको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका काफ्लेको निधन भएको हो । उनको आजै (सोमबार) अन्तिम संस्कार गरिएको हो ।

युवराज खतिवडा गभर्नर हुँदा काफ्ले डेपुटी गभर्नर थिए । सहायक निर्देशक पदबाट सेवा सुरु गरेका काफ्ले वर्तमान गभर्नर महाप्रसाद अधिकारीसँगै डेपुटी गभर्नर बनेका थिए । २०७२ पुसदेखि डेपुटी गभर्नरबाट सेवा निवृत्त भएका काफ्ले काठमाडौंको मण्डिखाटारमा बस्दै आएका थिए ।

डेपुटी गभर्नर रहँदै उनको नाम गभर्नरमा सिफारिस समेत भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal