Skip to content
Prabhu

नेपाल फाइनान्सको सेयर, २८ नम्बर ब्रोकरले बढी बेच्दा १७ नम्बर किन्न अगाडि

काठमाडौं । लगातार मूल्य बढेर प्रतिकित्ता २१५४ सम्म मुल्य पुगेको नेपाल फाइनान्स सोमबार नेगेटिभ सर्किट लागेर बन्द भएको छ ।

बजार खुल्नासाथ नेगेटिभ सर्किट लागेको नेपाल फाइनान्समा सोमबार १० प्रतिशतले मूल्य घटेपछि खरिदकर्ता नै देखिएका थिएनन् ।

सोमबारको कारोबारलाई विश्लेषण गर्दा ३४ हजार १०१ कित्ता सेयर किनबेच भएको छ । ६ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्सेको मार्केट डेप्थमा हेर्दा सोमबार नेपाल फाइनान्सको सबैभन्दा बढी सेयर २८ नम्बर ब्रोकर श्रीकृष्ण सेक्युरिटिजबाट बिक्री भएको छ । २८ नम्बर ब्रोकरले ३ हजार ६० कित्ता सेयर बिक्री गरेको छ । सोमबार सबैभन्दा बढी सेयर ३५ सय कित्ता १७ नम्बर ब्रोकर कोहिनुर इन्भेष्टमेन्टबाट खरिद भएको छ ।

दोस्रोमा सबैभन्दा बढी बिक्री गर्नेमा ५८ नम्बर ३ हजार ३७ कित्ता रहेको छ । किन्नेमा दोस्रोमा ४९ नम्बर अनलाइन सेक्युरिटिज रहेको छ ।

गत आर्थिक वर्षमा नेपाल फाइनान्सले गतवर्ष १ करोड ६७ लाख नाफा गरेको छ । अघिल्लो वर्ष नेपाल फाइनान्सको नाफा २ करोड थियो ।
७२ करोड ९९ लाख चुक्ता पुँजी रहेको नेपाल फाइनान्सको रिर्टेन अर्निङ २० करोडले ऋणात्मक रहेको छ ।

प्रतिसेयर आम्दानी २।४८ रुपैयाँ रहेको छ । पिई अनुपात ३६०।१५ रहेको नेपाल फाइनान्सको प्रतिसेयर नेटवर्थ १३७ रहेको छ ।

फाइनान्सले असार मसान्तसम्म २ अर्ब ५५ करोड निक्षेप संकलन गरेर २ अर्ब १ करोड कर्जा दिएको छ । गतवर्षसम्म फाइनान्सको निक्षेप १ अर्ब ८० करोड तथा कर्जा १ अर्ब ३० करोड रहेको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal