Skip to content
Prabhu

मंगलबारका लागि कति छ डलर र यूरोको भाउ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ २१ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७० रुपैयाँ ६२ पैसा छ भने बिक्रीदर १७१ रुपैयाँ ३९ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५८ रुपैयाँ २५ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर १०१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७७ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८६ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८२ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ७० पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३ रुपैयाँ ८१ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, मलेसियन रिङगेट एकको खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२ रुपैयाँ ७१ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९ रुपैयाँ ७३ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २० पैसा र बिक्रीदर १७ रुपैयाँ २८ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४४० रुपैयाँ ३२ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ७१ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal