Skip to content
Prabhu

एचआईडिसिएलको १ करोड ६८ लाख कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसिएल) को संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर लिलाम बिक्रीमा राखिएको छ । कम्पनीले अवितरित हकप्रद सेयरमध्ये लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री नभएको सेयर बिक्री गर्न लागेको हो ।

सो सेयर खरिदका लागि जो कोही व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले साउन २९ गतेदेखि भदौ ६ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीको लागि अधिकतम सम्पूर्ण सेयर संख्याका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकका शंखमुल, बिर्तामोड, हनुमानदास रोट, जनकपुरधाम, आर्दशनगर, विरगञ्ज, हेटौँडा, नारायणगढ, न्यूरोड (पोखरा), मिलनचोक (बुटवल), बाग्लुङ्ग बजार, त्रिभुवन चोक (नेपालगञ्ज), विरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal