Skip to content
Prabhu

१३६ प्रतिशतले बढ्यो मल्टिपर्पस फाइनान्सको नाफा

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १३६.११ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ८६ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफामा उल्लेख्य सुधार आएको हो । ४ करोड ८३ लाख रहेको खुद ब्याज आम्दानी बढेर ९ करोड २ लाख रुपैयाँ कायम भएको छ । यस्तै, सञ्चालन नाफा पनि २००.१९ प्रतिशतले बढेर २ करोड ६८ लाख रुपैयाँ कामय भएको छ ।

फाइनान्सको इम्पेयरमेन्ट चार्ज भने बढेको छ । हाल मल्टीपर्पसको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ६ करोड २९ लाख रुपैयाँ जम्मा छ । यसको प्रतिसेयर आम्दानी बढेर ५ रुपैयाँ ०६ पैसा भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९१ पैसा रहेको थियो। यसको नेटवर्थ भने ११४.५ रुपैयाँ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal