Skip to content
Prabhu

सर्वसाधारणले लुम्बिनी विकास बैंकको संस्थापक सेयर किन्न पाउने

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणलाई सेयर बिक्री गर्ने प्रकृया अगाडि बढाएको हो ।

बैंकले सेयरधनी गोपालप्रसाद बास्तोलाको नाममा रहेका १५ हजार कित्ता, सुवास महर्जनको नाममा रहेको ४ हजार ७७६ र शिवराज आचार्यको नाममा रहेको २३ हजार ५२३ कित्ता सेयर बिक्रीका लागि खुला गरेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात संकलन गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal