Skip to content
Prabhu

बारामा ९८ प्रतिशत रोपाइँ

कलैया । बाराका अधिकांश भागमा रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार ९८ प्रतिशत रोपाइँ समाप्त भएको छ ।
यस वर्ष ४६ हजार २० हेक्टर क्षेत्रफलमा बर्खे, भदैया, अगहनी धान रोपाइँ भएको  केन्द्रका प्रमुख राजनारायणप्रसाद साहले जानकारी दिए। जिल्लाका किसानले ४५ हजार ९९ दशमलव छ हेक्टरमा रोपाइँ सम्पन्न गरेका छन् ।
हर्दिनाथ–१, चैते–२, चैते–४, राधा–४ जातका भदैया, सवा मन्सुली, राधा–११, ९, ७ जातका अगहनी धान, ३४ हजार एक सय २० हेक्टर क्षेत्रफलमा रोपिएको छ । कृषियोग्य ४६ हजार २० हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने लक्ष्य छ ।
गत वर्ष २०८०/८१ मा किसानले बर्खेधान, भदैया र अगहनीसहित विभिन्न जातका ४६ हजार २० हेक्टर क्षेत्रफलमा खेती भएको थियो
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal