Skip to content
Prabhu

सेयर बजारमा ५ प्रतिशतको गिरावट, कारोबार २३ अर्ब बढी, बन्यो नयाँ रेकर्ड

काठमाडौं । आज सेयर हजार परिसूचक राताम्य भएको छ । मंगलबार सेयर बजार अघिल्लो दिनको तुलनामा ५ प्रतिशतभन्दा बढीले घटेको हो ।

आज सेयर बजार परिसूचक अघिल्लो दिनको भन्दा १४५ दशमलव ०५ अंकले घटेको हो । जुन अघिल्लो दिनको भन्दा ५.१८ प्रतिशतले बढी हो । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६५१ दशमलव ३२ विन्दुमा पुगेको छ । पछिल्लो समय लगातार बढिरहेको बजारमा मंगलबार एक्कासि उच्च अंकको गिरावट आएको हो ।

आज सेयर बजारमा कारोबार भएका २३३ कम्पनीको सेयर मूल्य घटेको छ । जम्मा ८ कम्पनीका सेयरधनीले मात्रै आज नाफा कमाए । १ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।

सेयर बजार राताम्य भए पनि कारोबार रकममा भने आज रेकर्ड बनेको छ । आज सेयर बजरमा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको  कारोबार भएको छ । जुन सेयर बजारमा अलटाइम उच्च रकमको कारोबार हो ।
केही दिनअघि मात्रै सेयर बजारमा २१ अर्ब ९१ करोड बढीको कारोबार भएको थियो । आज त्यो रेकर्ड तोडिएको हो । आज सेयर बजारमा ३२२ कम्पनीका ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर २ लाख ७१ हजार ५८७ पटक खरिद बिक्री हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २७ दशमलव २२ अंकले घटेर ४६४ दशमलव ५६ विन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ५.५३ प्रतिशतको गिरावट हो । आज एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १० कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबै १३ वटै उपसमुहको सेयर मूल्य घटेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal