Skip to content
Prabhu

कारोबार रकममा नयाँ रेकर्ड कायम भएको दिन १० कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजारमा अहिलेसम्मकै उच्च कारोबार भयो । आज सेयर बजारमा २३ अर्बभन्दा बढीको कारोबार भयो । जुन हालसम्मकै उच्च कारोबार रकम हो । गत हप्ता मात्रै पनि सेयर बजारमा २१ अर्ब ९१ करोडको कारोबार भएको थियो । कारोबार उच्च भएको दिन अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ ।

आज १० कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्टल फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, एनआरएन इन्फास्ट्रक्चर एण्ड भेडलमेन्ट, शुभम पावर लिमिटेड, ह्याथवे इन्भेष्टमन्ट नेपाल, ओरिएन्टल होटल्स, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र तारागाउँ रिजेन्सी होटलको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज नेपाल फाइनान्स, गार्खाज फाइनान्स, सेन्टल फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, एनआरएन इन्फास्ट्रक्चर, शुभम पावर र ह्याथवे इन्भेष्टमेन्टको सेयर मूल्य १० प्रतिशतले घटेको छ । नेपाल फाइनान्सको सेयर मूल्य आज १९३ रुपैयाँ ८० पैसाले घटेर १ हजार ७४४ रुपैयाँ ८० पैसामा कारोबार बन्द भएको छ । त्यस्तै गोर्खाज फाइनान्सको सेयर मूल्य पनि ८८ रुपैयाँले घटेर ७९२ रुपैयाँ ३० पैसा पुगेको छ । सेन्टल फाइनान्सको सेयर मूल्य पनि आज ६४ रुपैयाँ ५० पैसाले घटेर ५८० रुपैयाँ ५० पैसा पुगेको छ ।

मंगलबारको कारोबार बन्द हुँदा पञ्चकन्या माइ हाइड्रोको सेयर मूल्य पनि ३१ रुपैयाँ ८० पैसाले घटेर २८६ रुपैयाँ २० पैसामा कारोबार बन्द भएको छ । एनआरएन इन्फास्ट्रक्चरको सेयर मूल्य पनि १०९ रुपैयाँ ९० पैसाले घटेर ९८९ रुपैयाँ १० पैसामा कारोबार बन्द भएको छ । त्यस्तै शुभम पावरको सेयर मूल्य पनि ८९ रुपैयाँ ६० पैसाले घटेर ८०६ रुपैयाँ ४० पैसा पुगेको छ ।

त्यस्तै ह्याथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य १७८ रुपैयाँ १० पैसाले घटेर १ हजार ६०२ रुपैयाँ ९० पैसामा आजको कारोबार बन्द भएको छ । त्यस्तै ओरिएन्टल होटलको सेयर मूल्य पनि आज ९.९९ प्रतिशत अर्थात् ११८ रुपैयाँ ९० पैसाले घटेर १ हजार ७१ रुपैयाँमा कारोबार बन्द भएको छ ।

आज श्री इन्भेष्टमेन्टको सेयर मूल्य ९.९७ प्रतिशत अर्थात ६४ रुपैयाँ १० पैसाले घटेर ५७९ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य पनि ९.९६ प्रतिशत अर्थात १२१ रुपैयाँ ५० पैसाले घटेर १ हजार ९८ रुपैयाँमा आजको कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal