एजेन्सी । भारतको डीजीजीआई अर्थात् गुड्स एन्ड सर्भिस ट्याक्स इन्टेलिजेन्स महानिर्देशालयले भारतमा सञ्चालन गर्ने १० विदेशी एयरलाइन्सलाई कारण देखाऊ नोटिस पठाएको छ ।
एमिरेट्स एयरलाइन्समाथि ७सात हजार ५५० करोड भारुकोे कर छलीको आरोप छ भने एत्तिहाद एयरवेजमाथि एक हजार ६६० करोड भारु, साउदी अरब एयरलाइन्समाथि छ सय १२ करोड भारु, एयर अरेबियामाथि पाँच सय ५५ करोड भारु, ओमान एयरलाइन्समाथि ७१ करोड भारु, थाई एयरवेजमाथि ६० करोड भारु, कतार एयरवेजमाथि ५३ करोड भारु, सिंगापुर एयरलाइन्समाथि ४० करोड भारु र ब्रिटिश एयरवेजमाथि ३३ करोड भारुको कर छलीको आरोप लगाइएको हो ।
सन् २०२३ मा यी एयरलाइन्सहरूविरुद्ध विस्तृत कारबाहीपछि डीजीजीआईले नोटिस पठाएको छ । डीजीजीआईले भारतमा रहेका ती विमान कम्पनीका कार्यालयबाट सेवाहरूको आयातमा कर छली गरिरहेको बताएको छ । एक वरिष्ठ अधिकारीका अनुसार, यी एयरलाइन्सका विदेशी मुख्यालय विमान मर्मत, चालक दलको तलब र भाडा जस्ता सेवाहरूको व्यवस्थापन गरिरहेका छन् ।
डीजीजीआईको भनाइ अनुसार, यी सेवाहरू कानूनी इकाईबाट अर्को इकाईमा प्रदान गरिएका हुनाले जीएसटीको अधीनमा आउँछ, जसको भुक्तानी एयरलाइन्सहरूले गरेका छैनन् ।
सीएनबीसी–टीवी१८ले जीएसटी मुद्दामा आईएटीएसँग कुरा गरेको थियो । आईएटीएको भनाइमा, यस निर्णयबाट उनीहरू निराश छन् । भारतको जीएसटी इन्टेलिजेन्सी महानिर्देशालय (डीजीजीआई)ले यो मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ, जुन एयरलाइन्स कम्पनीहरूका लागि संकटपूर्ण छ ।
डीजीजीआईले जीएसटी विदेशी एयरलाइन्सका मुख्यालय (एक शाखासहित) द्वारा गरिएको खर्चमा लागू हुनुपर्ने दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्