Skip to content
Prabhu

प्रिओपन सेसनमा साढे ६ अंक घट्यो नेप्से

काठमाडौं । बुधबारको प्रिओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार १४५ दशमलव ०५ अंक घटेर २६५१ दशमलव ३२ विन्दुमा बन्द भएको नेप्से आजको प्रिओपन सेसनमा ६ दशमलव ५९ अंक घटेको हो ।

आजको प्रिओपन सेसन बन्द हुँदा नेप्से परिसूचक २६४४ दशमलव ७३ विन्दुमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.२१ अंक घटेको छ ।

बुधबारको प्रि ओपन सेसनमा १०३ स्टकको ३१५ पटकको कारोबारमा २ करोड १२ लाख ५२ हजार ५७२ रुपैयाँ ४५ पैसाबराबरको ५६ हजार ६३६ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने ५१ स्टकको मूल्य घटेको छ । बाँकी २९ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal