Skip to content
Prabhu

सेयर बजारका विषयमा सांसदले दिएको अभिव्यक्ति फिर्ता लिन ४ संस्थाको आग्रह

काठमाडौं । सेयर बजारसम्बन्धी विभिन्न चार संस्थाहरुले संसदमा सांसदहरुले बोलेको अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका छन् । ४ संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गरेर मंगलबार संसद्मा विभिन्न सांसदले बोलेको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

जनरल इन्भेष्टमेन्ट एसोसिएसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त विज्ञप्ति जारी गरेर यस्तो बताएका हुन् । सेयर बजार घटेको समयमा कसैले पनि केही नबोलेको छ बढेको समयमा कसैको प्रभावमा परेर सांसदहरुले संसदमा बोलेको उनीकारुको आरोप छ । सांसदहरुले बोलेको विवषयले बजार तरङ्गीत भएको भन्दै यस्तो अभिव्यक्ति फिर्ता लिन उनीहरुले माग गरेका हुने ।

‘दुई ठूला राजनीतिक दल र अन्य दलहरु समेत मिलेर सरकार गठनपश्चात आम लगानीकर्ताहरूमा एउटा आशा पलाएको थियो । त्यो हो नीतिगत स्थिरता आर्थिक क्षेत्र चलायमान बनाउनको लागि नेपाल सरकार र राष्ट्र बैंकले सकारात्मक कदम चालेसँगै पुँजीबजार आफ्नो लयमा चलिरहेको थियो । ३२०० को बिन्दुबाट १८००को बिन्दुसम्म आइपुग्दा लगानीकर्ताले २५ खर्बभन्दा बढी रुपैयाँ गुमाइसकेको अवस्थामा कुनै पनि नियमक निकायबाट वा सांसदहरुबाट पुँजीबजार विषयमा कुनै पनि आवाज उठेन । लगानीकर्ता तड्पीरहे ।

अहिले बजार केही करेक्सनको अवस्थामा चलिरहेको छ । यसै बिच कसैको प्रभावमा माननीय सांसद प्रकाश शरण महत, अमरेशकुमार सिंह, राजन दाहाल लगायत अन्य सांसदहरूबाट समेत बजार आफ्नै लयमा चलिरहेको अवस्थामा सदन र सार्वजनिक कार्यक्रममा पुँजीबजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु अत्यन्त खेदजनक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी तपसिल बमोजिमका पुँजी बजारमा संलग्न संस्थाहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।’

पुँजी बजार लगानीकर्ताहरूको माग र आपूर्तिको कारणले चल्ने बजार हो । देशमा लगानीको वातावरण फराकिलो हुँदै जाँदा पुँजी बजार पनि बिस्तारै बढ्दै जान्छ र लगानीकर्ताले आफूले चाहेको कम्पनीमा लगानी गर्न पाउँछन् । कम्पनी कति सुरक्षित छ छैन भन्ने कुरा लगानीकर्ता स्वयंले निर्धारण गर्ने कुरा भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘जनताकै प्रतिनिधित्व गर्ने सांसदले सदनमा जुन खालका अभिव्यक्तिहरू दिनुभएको छ उक्त अभिव्यक्तिहरू तत्काल फिर्ता गर्न र अब आइन्दा यस्ता खालका अभिव्यक्तिहरु नियमक निकाय, सांसद जोसुकैले दिए पनि सैय नहुने कुरा चेतावनी दिन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ, ‘यदि बजारमा चलखेल भएको भए यसलाई नियमन गर्ने संस्थाले स्वतन्त्र रुपमा सुक्ष्म अध्यायन गरी छानविन गरोस्, हामी साथ दिन तयार छौं।’

पुँजी बजारको सम्बन्धमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाट जथाभावी अभिव्यक्ति दिने कार्य तत्काल बन्द गरियोस् । नियमक निकायले यस्ता अभिव्यक्ति दिने व्यक्तिहरू माथि छानबिन गरी कारबाही गर्न र अभिव्यक्तिबाट दुई खर्बभन्दा बढी क्षति हुन गएकोले सो क्षति सम्बन्धित व्यक्तिबाट असुल उपर गराउन विज्ञप्तिमा भनिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal