Skip to content
Prabhu

आज पनि १० प्रतिशतले घट्यो नेपाल फाइनान्समा सेयर मूल्य

काठमाडौं । बुधबार पनि सेयर बजार खुल्नैबित्तिकै नेपाल फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । अघिल्ला दुई दिनको कारोबारमा पनि १० प्रतिशतको गिरावट आएको बजारमा आज पनि सोही अनुसारको गिरवाट आएको हो ।

बजार खुल्नेबित्तिकै कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात १७४ रुपैयाँ ४० पैसाले घटेर कारोबार बन्द भएको छ । यो कम्पनीको सेयर मूल्य १ हजार ५७० रुपैयाँ ४० पैसा पुगेको छ ।

बिहीबार अहिलेसम्म कै उच्च मूल्य प्रतिकित्ता २ हजार १५४ रुपैयाँ सम्म पुगेर रेकर्ड कामय गरेको यो कम्पनीको सेयर मूल्य त्यस पछि भने ओरालो यात्रामा रहेको छ । सोमबार २१५ रुपैयाँले घटेको थियो भने मंगलबार १९३ रुपैयाँले घटेको थियो ।

मार्केट डेप्थमा यो कम्पनीको सेयर बिक्रीको मात्र चाप देखिन्छ भने खरिदकर्ता देखिएका छैनन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal