Skip to content
Prabhu

श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबारको सेयर बजार कारोबार जारी रहँदा श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा ५७ रुपैयाँ ९० पैसाले बढेर ६३६ रुपैयाँ ९० पैसा पुगेको छ । बुधबारको साढे १२ बजेसम्मको कारोबार अवधिमा समग्र सेयर बजार परिसूचक पनि ४४ दशमलव ३२ अंकले बढेर २६९५ दशमलव ६५ विन्दुमा पुगेको छ ।

यो समाचार तयारपार्दासम्म सेयर बजारमा ७ अर्ब १० करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । अघिल्लो दिन भने सेयर बजारमा भारी गिरावट आएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal