Skip to content
Prabhu

१४ जीवन बीमा कम्पनीः कसको व्यापार हिस्सा कत्ति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षसम्ममा साढे १ खर्बभन्दा बढीको व्यवसाय गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार १४ वटा जीवन बीमा कम्पनीले १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका हुन् ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षसम्ममा सबैभन्दा धेरै हिस्सा नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ भने सबैभन्दा कम सन नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । नेपाल लाइफको व्यापार हिस्सा २६.१३ प्रतिशत रहेको छ भने सन नेपाल लाइफको व्यापार हिस्सा २.४८ प्रतिशत मात्रै रहेको छ ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षसम्ममा नेपाल लाइफ इन्स्योरेन्सले ४० अर्ब ८५ करोड ५ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अवधिमा सन नेपाल लाइफको व्यापार ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै बीमा बजारमा धेरै व्यपार हिस्सा हुने दोस्रो कम्पनी नेशनल लाइफ इन्स्योरेन्स हो । यो कम्पनीले जीवन बीमाको जम्मा व्यापारको १२.२८ प्रतिशत हिस्सा ओगटेको छ । यो कम्पनीले गत आवमा १९ अर्ब २० करो ३५ लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै यो अवधिमा लाइफ इन्स्योरेन्स् कर्पोरेसन (नेपाल) ले जम्मा जीवन बीमा व्यवसायको ११.५८ प्रतिशत हिस्सा ओगटेको छ ।

यो कम्पनीले गत आवमा १८ अर्ब १० करोड ७५ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । त्यस्तै हिमालयन लाइफको व्यापार हिस्सा पनि १० प्रतिशतभन्दा माथि रहेको छ । यो कम्पनीले जम्मा जीवन बीमाको बजारमा १०.६२ प्रतिशत हिस्सा ओगटेको छ । यो कम्पनीले गत आवमा १६ अर्ब ६० करोड ८० लाख रुपैयाँको व्यवसाय गरेको छ ।

नेपाल लाइफ, नेसनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन र हिमालयन लाइफकले जम्मा व्यवसायको ६० प्रतिशत भन्दा बढी हिस्सा ओगटेका छन् । यी ४ कम्पनीले जम्मा व्यवसायको ६०.६१ प्रतिशत हिस्सा ओगटेका छन् ।

प्राधिकरणको गत आवको तथ्यांक अनुसार सूर्यज्योति लाइफले जम्मा व्यवसायको ६.०७ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । यो कम्पनीले ९ अर्ब ९० करो८ ७ लाख रुपैयाँको जीवन बीमा व्यवसाय गरेको छ । त्यस्तै यो अवधिमा राष्ट्रिय बीमा कम्पनीकाले ५.५७ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । यो कम्पनीले गत आवमा ८ अर्ब ७१ करोड ४८ लाख रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार एसियन लाइफलले नेपाली बजारमा ५.१५ प्रतिशत हिस्सा ओगटेको छ । यो कम्पनीले पनि गत आर्थिक वर्षमा ८ अर्ब ५ करोड ४८ लाख रुपैयाँको व्यवसाय गरेको छ । त्यस्तै सिटीजन्स लाइफले ३.९७ प्रतिशत हिस्सा ओगटेको छ । यो कम्पनीले ६ अर्ब २१ करोड ५३ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ ।

प्राधिकरणको तथ्यांक अनुार सानिमा रिलायन्स लाइफले गत आवमा ६ अर्ब १८ करोड ९० लाख रुपैयाँको व्यवसाय गरेको छ । यो जम्मा जीवन बीमा व्यवसायको ३.९५ प्रतिशत हिस्सा हुन आउँछ । मेट लाइफले पनि नेपाली जीवन बीमा बजारमा ३.६३ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । यो कम्पनीले गत आवमा ५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । आइएमई लाइफले यो अवधिमा ४ अर्ब ७४ करोड १२ लाख रुपैयाँको जीवन बीमा गरेको छ । जुन जम्मा बीमा व्यवसायको ३.०३ प्रतिशत हो ।

त्यस्तै प्रभु महालक्ष्मी लाइफले नेपाली जीवन बीमा बजारको २.७९ प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीको गत आर्थिक वर्षसम्मको व्यवसाय ४ अर्ब ३७ करोड २३ लाख रुपैयाँ रहेको छ । यो अवधिमा रिलायबल नेपाल लाइफको स्सिा २.६९ प्रतिशत रहेको छ । कम्पनीले गत आव सम्म ४ अर्ब २० करोड ९० लाख रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal