Skip to content
Prabhu

प्रणाली सुधार गर्दै सिडिएससी, एक डिम्याट खाताबाट अर्कोमा सेयर हस्तान्तरण स्थगन

काठमाडौं । सिडिएससीले एक डिम्याट खाताबाट अर्को डिम्याट खातामा सेयर हस्तान्तरण गर्ने कार्य (बीओ–बीओ) तत्कालका लागि स्थगन गरेको छ । सिडिएससीले केही समयमा नै आफ्नो प्रणालीमा परिमार्जन गरी छिटो छरितो बनाउन लागेको भन्दै एक डिम्याटबाट अर्कोमा सेयर हस्तान्तरण गर्ने कार्य स्थगन गरेको हो ।

बीओ–बीओ उल्लेख्य रुपमा बृद्धी भएकाले बुधबारबाट अर्को सूचना जारी नभए सम्म यो व्यवस्था स्थगन भएको छ । बैंकबाट बन्धकी राख्नको लागि अनिवार्य गर्नुपर्ने र कुनै आर्थिक दायित्व सिर्जना हुने पुष्टि हुने कागजात भएको हकमा मात्र बीओ–बीओ कार्य गरी स्वीकृतीका लागि पठाउन अनुरोध गरेको छ ।

बीओ–बीओ नहुँदा लगानीकर्तालाई दोस्रो बजारमा हुने खरिद–बिक्रीमा कुनै बाधा उत्पन्न नहुने सिडिएससीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal