Skip to content
Prabhu

सेयर बजारमा तेहरो अंकको उछाल, कारोबार रकम १७ अर्ब बढी

काठमाडौं ।  बुधबार सेयर बजारमा तेहेरो अंकको उछाल देखिएको छ । अघिल्लो दिन तेहरो अंकले नै घटेको सेयर बजार आज १०८ दशमलव ३५ अंकले बढेको हो ।

आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७५९ दशमलव ६७ विन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको कारोबारभन्दा ४.०८ प्रतिशतले बढी हो । बुधबार सेयर बजारमा कारोबार भएका २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।

आजको नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने अघिल्लो दिनको भन्दा गिरावट आएको छ । अघिल्लो दिन हालसम्मकै उच्च कारोबार भएको बजारमा आज १७ अर्ब ९५ करोड बढीको कारोबार भएको छ ।

आज सेयर बजारमा ३३० कम्पनीका ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर २ लाख १२ हजार ६८१ पटक खरिद बिक्री हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १८ दशमलव ९० अंकले बढेर ४८३ दशमलव ४६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज १३ उपसूचकमध्ये सबैको सेयर मूल्य बढेको छ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal