Skip to content
Prabhu

हेलिकप्टर दुर्घटनाः ४ जना चिनियाँ नागरिकसहित ५ जनाको मृत्यु, पाँचै जनाको शव भेटियो

काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । उक्त दुर्घटनामा १ नेपालीसहित ४ विदेशीको मृत्यु भएको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

उक्त हेलिकप्टर सूर्यचौरमा रहेको जंगलको रुखमा ठोक्किएको पाइएको छ । कलसाइन ९एनएजेडी भएको एयर डाइनेस्टीको हेलिकप्टर बुधबार १ बजेर ४५ मिनेटमा रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो । बुधबार अपराह्न १ः४५ बजे काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर १ घण्टापछि मात्रै शिवपुरीबाट सम्पर्कविहीन भएको खबर आएको थियो ।

२ः४५ बजेतिर मात्रै खोजी गर्ने क्रममा हेलिकप्टर सूर्यचौरमा दुर्घटना भएको पुष्टि भएको हो । जहाँ पाइलट अरुण मल्लसहित अरू ४ जना चिनियाँ पर्यटक सवार थिए ।

हेलिकप्टरमा सवार अन्य चार जना चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला( र जेमिङ सी (पुरुष) रहेका छन् । उनीहरु सबैको मृत्यु भएको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal