Skip to content
Prabhu

सेयर बजारमा हरियाली हुँदा पनि बढ्न सकेन यी कम्पनीको सेयर मूल्य

काठमाडौं । बुधबार सेयर बजारमा १०८ दशमलव ३५ अंकको वृद्धि भयो । कारोबार भएको अधिकांश कम्पनीको सेयर मूल्य बढ्यो । आज जम्मा ३ कम्पनीको सेयर मूल्य मात्रै घटेको हो ।

आजको कारोबार बन्द हुँदा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, सुपर मादी हाइड्रोपावर र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य घटेको हो । आज फस्र्ट माइक्रो फाइनान्स लघुवित्तको सेयर मूल्य ०.०८ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य ०.७० पैसाले घटेर ९१७ रुपैयाँ ३० पैसामा कारोबार बन्द भएको छ ।

आजको कारोबार बन्द हुँदा सुपर मादी हाइड्रोको सेयर मूल्य पनि ४ रुपैयाँले घटेर ६९४ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो कारोबार भन्दा ०.५७ प्रतिशतले कम हो । त्यस्तै आज सेयर मूल्य घट्ने अर्को कम्पनी हो उन्नति सहकार्य लघुवीत्त । यो कम्पनीको सेयर मूल्य २ रुपैयाँले घटेर १ हजार ६९८ रुपैयाँमा कारोबार बन्द भएको छ । जुन अघिल्लो दिनको भन्दा ०.१२ प्रतिशतले कम हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal