Skip to content
Prabhu

दुबई एयरपोर्टको आवागमनमा वृद्धि

दुबई, । अन्तर्राष्ट्रिय यात्रुका लागि विश्वकै सबैभन्दा व्यस्त रहेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२४ को पहिलो ६ महिनामा ४ करोड ४९ लाख यात्रुको आवागमन भएको दुबई विमानस्थलका सञ्चालकले बुधबार जानकारी दिएको छ । यो अघिल्लो बर्षको सोही अवधिमा आठ प्रतिशतले वृद्धि भएको दुबई विमानस्थलले जनाएको छ ।

सन् २०२३ को पहिलो छ महिनामा उक्त विमानस्थल भएर आवागमन गर्ने यात्रुको सङ्ख्या ४ करोड १६ लाख रहेको थियो । ‘यस वर्षको पहिलो छ महिनामा हवाई आवागमनमा रेकर्ड तोड्ने गरी भएको प्रदर्शनले विश्वव्यापी उड्डयन मार्गको रूपमा हाम्रो रणनीतिक महत्वलाई उजागर गर्दछ,’ प्रमुख कार्यकारी पल ग्रिफिथ्सले भने।

global
अर्घाखाँची सिमेन्ट

उनले भने, ‘हामीसँग बाँकी वर्षका लागि धेरै आशावादी दृष्टिकोण छ, र हामी सन् २०२४ को लागि पूर्वानुमान गरिएको ९ करोड १८ लाख अतिथिहरूको आवागमनको वार्षिक रेकर्ड तोड्ने मार्गमा छौं ।
सन् २०१८ मा यो विमानस्थलले आठ करोड ९१ लाख यात्रुलाई सेवा दिएको थियो, जुन महामारीअघिको सबैभन्दा व्यस्त वर्ष हो ।

गत अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएयता यस क्षेत्रमा उथलपुथल भए पनि पहिलो छ महिनामा वर्षको सकारात्मक नतिजा आएको हो । ग्रिफिथ्सले भने, ‘भारतजस्ता प्रमुख स्रोत  बजारहरूको बलियो माग र चीनजस्ता बजारहरूको क्रमिक तर निश्चित पुनरुत्थानले हाम्रो सफलतामा महत्वपूर्ण भूमिका खेलेको छ ।’

हवाई यात्रावृद्धिले दुबईलाई अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गर्न प्रेरित गरेको छ, जसले २०१० देखि खाडी वित्तीय हबको हवाई ट्राफिकको अपेक्षाकृत हिस्सा प्राप्त गरेको छ ।

यसै वर्षको सुरुमा धनी संयुक्त अरब इमिरेट्स (युएई) ले दुबईको बाहिरी इलाकामा अल मकतूममा नयाँ टर्मिनलको काम सुरु भएको घोषणा गरेको थियो, जुन खाडी इमिरेट्सका शासकले लगभग ३५ अर्ब डलरको लागतमा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल हुने बताएका थिए ।

पूर्णरूपमा सञ्चालनमा आएपछि विमानस्थलको वार्षिक २६ करोड यात्रु क्षमता हुने अपेक्षा गरिएको अधिकारीहरूले बताएका छन् । परियोजनाको पहिलो चरण १० वर्षमा तयार हुने अपेक्षा गरिएको छ, जसमा एक वर्षमा १५ करोड यात्रुहरूलाई सेवा दिने क्षमता छ ।

युएईका अधिकारीले यसले दुबई अन्तर्राष्ट्रिय विमानस्थललाई प्रतिस्थापन गर्न चाहन्छन् । यसले वार्षिक १२ करोड यात्रुहरूलाई सेवा दिनसक्छ । शहरी वस्ती रहेका कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थलको व्यापक विस्तार असम्भब छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal