Skip to content
Prabhu

सुरक्षा व्यवस्थापन परिपालनादर ६०% भन्दा कम हुने विमान कम्पनीको उडानमा रोक लगाउने क्यानको निर्णय

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षा व्यवस्था प्रणाली कार्यान्वयनदर ६० प्रतिशतभन्दा भएका नेपालका विमान कम्पनीहरुलाई उडानमा रोक लगाउने भएको छ । यही साउन १९ गते बसेको उच्चस्तरीय सुरक्षा संयोजक समितिको छैटौँ बैठकले उक्त निर्णय गरेको क्यानले जनाएको छ ।

आइकाओ ग्लोबल एभिएसन योजना (२०२० देखि २०२२ संस्करण)को न्यूनतम ६० प्रतिशतको लक्ष्यअनुसार नै नेपालमा हवाई सञ्चालकको न्यूनतम स्वीकार्य सुरक्षा व्यवस्थापन प्रणाली (एसएमएस) कार्यान्वयन गर्र्न लागिएको हो । क्यानले सोभन्दा कम परिपालनादर भएका विमान कम्पनीको उडानमा रोक लगाउने निर्णय गरेको हो ।

बैठकले ६० देखि ७५ प्रतिशत सुरक्षा व्यवस्था प्रणाली परिपालनादर गर्नेको हकमा ५० प्रतिशतभन्दा बढी विमान उडानमा रोक लगाउने निर्णय गरेको छ । साथै त्यस्ता कम्पनीलाई विमान थप्न पनि अनुमति दिइने छैन भने व्यवसाय विस्तार गर्न र प्राप्त हुनसक्ने छुट पनि उपलब्ध गराइनेछैन । साथै विमानको मुख्य मर्मतपछि कम्तीमा एउटा परीक्षण उडानलाई अनिवार्य गराउनेलगायतका निर्णय क्यानले गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal