Skip to content

कुथेली बुखारी साना जलविद्युतको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil bank

काठमाडौं । कुथेली बुखारी साना जलविद्युत लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । बिहीबारको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको हो।

यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा २४७ रुपैयाँ ९० पैसाले घटेर २ हजार २३१ रुपैयाँ १० पैसामा पुगेको छ ।

आज समग्र बजार परिसूचक भने यो समाचार तयारपार्दासम्म ४० दशमलव ०२ अंकले बढेको छ । यो अवधिसम्म सेयर बजारमा ४ अर्ब ३६ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन पनि सेयर बजार उच्च अंकले बढेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime