Skip to content
Prabhu

प्रिओपन सेसनमा १३ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिनको प्रिओपन सेसनमा नेप्से परिसूचक १३ अंक बढेको छ । आजको प्रिओपन सेसनमा नेप्से १३ दशमलव १६ अंकले बढेको हो ।

बिहीबारको प्रिओपन सेसन पछि नेप्से परिसूचक २७७२ दशमलव ८४ विन्दुमा पुगेको छ । त्यस्तै, आजको प्रि ओपनमा सेन्सेटिभ इण्डेक्स १ दशमलव २१ अंक बढेको छ ।

बिहीबारको प्रिओपन सेसनमा ८२ कम्पनीको २२० पटकको कारोबारमा १ करोड २० लाख २४ हजार ५४९ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ । आजको प्रिओपन सेसनमा १९ हजार ८६ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ५५ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ । बाँकी ८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal