Skip to content
Prabhu

डेडिकेटेड र ट्रंकलाइन विवादः ४ उद्योगले बुझाए प्राधिकरणलाई बक्यौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुबीच डेडिकेटेड फिडर तथा ट्रंकलाइनको प्रिमियम महसुलको विषयमा विवाद चलिरहेका बेला ४ उद्योगले बक्यौता तिरेका छन् ।

सोना प्याकेजिङ, सोना पोलिमर्स, यशोदा फुड्स र जय दुर्गा प्लास्टिक उद्योगले बक्यौता तिरेका हुन् । यी चारै उद्योग भैरहवा क्षेत्रका हुन् । प्राधिकरणका अनुसार २०७२ माघदेखि २०७५ बैशाखसम्मको बक्यौता क्लियर गरेका छन् ।

प्राधिकरणका अनुसार ३ कम्पनीले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता भुक्तानी गरेका हुन् । सोना प्याकेजिङले २ लाख ८४ हजार रुपैयाँ, सोना पोलिमर्सले २ लाख ७७ हजार रुपैयाँ, यशोदा फुड्सले ३ लाख ४० हजार रुपैयाँ र जय दुर्गाले ७० हजार ५३२ रूपैयाँ बक्यौता तिरेका हुन् । यो बक्यौतामा २५ प्रतिशत थप जरिवाना समेत उद्योगहरुले तिरेका छन् ।

विवाद चलिरहेकै बेला ३ उद्योगले बक्यौता तिरे पनि अरू उद्योगीहरुले टाइम्स अफ डे मिटरिङ (टीओडी) मिटरको रेकर्ड नभएको भन्दै तिर्न अस्वीकार गर्दै आएका छन् । उनीहरुले टीओडी मिटरको रेकर्ड दिएमात्रै तिर्ने बताइरहेका छन् ।

प्राधिकरणले मन्त्रिपरिषद्ले निर्देशन दिएको भन्दै उद्योगीहरुलाई २०७२ माघदेखि २०७५ बैशाखसम्मको महसुल तिर्न आग्रहसहित पत्र लेखेको थियो । ६१ कम्पनीको गरी कुल ६ अर्ब ६० करोड रुपैयाँ बक्यौता छ ।

यी हुन् बक्यौता तिर्ने ४ कम्पनी:
१.यशोदा फुड्स प्रालिः रु.४,२५,२३१
२.जय दुर्गा प्लास्टिक उद्योगः रु.७०,५३२
३. सोना प्याकेजिङः रु.३,५५,०६७
४.सोना पोलिमर्स इन्ड्रस्ट्रिजः रु.३,४६,३८९

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal