Skip to content
Prabhu

प्रभु महालक्ष्मी लाइफमा रोजगारीको अवसर

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले ७ वटै प्रदेशका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले विभिन्न दुई पदमा रही कार्य गर्न योग्य कर्मचारी माग गरेको छ । कम्पनीले केही संख्यामा शाखा प्रमुख माग गरेको छ । यसमा न्यूनतम स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन पाउनेछन् भने अनुभव भएकालाई प्राथमिकता दिइनेछ ।

त्यसैगरी केही संख्यामा मार्केटिङ कर्मचारीका लागि दरखास्त खुलाएको छ । यसमा न्यूनतम प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन पाउनेछन् ।

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक पर्ने कागजात सहित साउन ३१ गतेभित्र आफूलाई पायक पर्ने शाखा–उपशाखा खुलाई इमेलमार्फत निवेदन दिनुपर्ने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal