Skip to content
Prabhu

सुनको मूल्य तोलामा १५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । बिहीबार सामान्य घटेको सुनको मूल्य आज एकै दिन धेरैले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य तोलामा १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य १ लाख ४६ हजार ६ सय रुपैयाँ तोलामा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदी पनि तोलामा ४० रुपैयाँले महँगो भएको छ । आज चाँदी १ हजार ७ सय ३० रुपैयाँ तोलामा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस २ हजार ४२२.२४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २७.६५ डलरमा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal