Skip to content
Prabhu

अप्पर साङ्गे हाइड्रोपावरको आम्दानी ९० प्रतिशतले बढ्यो

काठमाडौं । अप्पर साङ्गे हाइड्रोपावर लिमिटेडको आम्दानी करिब ९० प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ८९.५३ प्रतिशतले आम्दानी बढेको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ५ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नोक्सानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको नोक्सानी ५ करोड ८ लाख रुपैयाँबाट घटेर १ करोड ७३ लाख रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८३.६६ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ११३.४३ प्रतिशत बढेको छ । २२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ९ करोड १४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८८ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ५८ रुपैयाँ ४१ पैसा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal